काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ अञ्जना विसंखेले प्रधानमन्त्री केपी शर्मा अोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई कान्छो छोरो बनाएको आरोप लगाएकी छन् ।
बुधबार प्रचण्ड–नेपाल समूहको जनसभालाई सम्बोधन गर्दै विसंखेले बलात्कारीको संरक्षण गर्ने गृहमन्त्रीलाई ओलीले कान्छो छोरा बनाएको बताइन् । उनले सरकार बलात्कारीको संरक्षणमा रहेको आरोप लगाएकी थिइन् ।
निर्मला पन्त, सम्झना विक, भागरथीको हत्या र बलात्कार, ३ हजार ३४७ महिलाको हत्या र १७ जनाको बलात्कारको जिम्मेबारी बोकेका, बलात्कारमा ताबेदारी गर्ने गृहमन्त्रीलाई तपाईं (केपी ओली)ले कान्छो छोरो बनाएर राख्नु भएको छ’, उनले भनिन्, ‘बा बन्नु भएको छ, के त्यो गृहमन्त्रीलाई संरक्षण गर्ने प्रचण्ड हो ?’
उनले एकताका बेलामा चुनावी घोषणापत्रअनुसार काम गर्न प्रधानमन्त्रीलाई खबरदारी गरेको र असफल हुन नसकेको बताइन् । उनले विगतमा भएका कमजोरीलाई सच्याउँदै जनताका माझमा आएको बताइन् ।




प्रतिक्रिया