काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।
बुधबार राजधानीमा आयोजित जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका हुन् । त्यस्तै उनले प्रधानमन्त्रीलाई जनसभा कस्तो हुन्छ देख्नुभयो भन्दै प्रश्न गरेका छन् ।
‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ ? विरोध र प्रदर्शन कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन् । जरूरी प¥यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं ।’
अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारबाट केही मन्त्री बाहिरिने बताए । उनले केपी ओली तिर गएका मान्छेहरू फर्कने लाम लागेको बताएका हुन् ।
‘फर्कने मन्त्री पनि म सँग वार्ता गरिरहेका छन् । केपी जी तिर गएका मान्छेहरू फर्कने लाम लागेको छ । लामो लिस्ट भन्न सक्छु । अरू त अरू उहाँले मन्त्री बनाएका दुई जना मन्त्री पनि यता फर्कन म सँग वार्ता गर्दैछन् ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीलाई तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्न सुझाव दिएका छन् । प्रचण्डले ओली जनताको शरणमा भन्दा भगवानको शरणमा गएको बताए ।




प्रतिक्रिया