ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तलाई थुनामा पठाइयो

ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तलाई थुनामा पठाइयो


काठमाण्डु – विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्तलाई थुनामा पठाउने निर्णय गरेको छ ।

अदालतले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसरी गर्ने गर्ने मूख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई थुनामा पठाएको हो ।

बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते उनीविरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित मुद्दा दायर गरेको थियो ।

ढकालले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएका थिए । उक्त प्रकरणमा उनकी पत्नी उमाकुमारी ढकाललाई विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् ।