बिहीबार कुन राशिका लागि कति शुभ ?

बिहीबार कुन राशिका लागि कति शुभ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं. २०७७ साल माघ २९ गते । बिहीबार । इस्वी सन् २०२१ फेब्रुअरी ११ तारिख । नेपाल संवत् ११४१ ।  काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेटमा ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहनेछ भने मायाप्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)  पढाइलेखाइमा दिएको समय कम हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या आई दैनिक कामहरु गर्न सकिने छैन ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) पढाइलेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने विलाशी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका स्रोतहरु फराकिला हुँदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको हरेका पाइलामा समर्थन पाइने योग रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभर जसो समय दिनुपर्नेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लागनी भने फस्टाएर जानेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला नराम्रो घट्ना हुनसक्छ । मायाप्रेममा एक अर्काबीच नचाहँदा नचाहँदै छुट्टिनुपर्दा नरमाइलो महसुस हुनेछ । राजनीति तथा समाजसेवामा नताको आलोचनात्मक समर्थन रहनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारीबिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइलेखाइमा कमजोर भएको महसुस हुनेछ भने नतिजा अरुतिर नै जानेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । पढाइलेखाइमा अरुभन्दा पछिपरेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) भूमि बाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । माया प्रेममा रमाउन सकिने समय रहेको छ ।