काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण पूर्व, मध्य र पश्चिमका केही भागमा मौसम आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।
अहिले देशभर सामान्यतया मौसम सफा रहेकाे छ । तराई तथा पहाडका केही भू–भागहरुमा हुस्सु–कुहिरो लागेको छ । दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएका छन् । यस्तै राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैबिच उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू–भागमा बिहानपख हुस्सु–कुहिरो लाग्न सक्ने छ ।




प्रतिक्रिया