विप्लवको नेतृत्वमा आज चार साना दलले संयुक्त मोर्चा घोषणा गर्ने

विप्लवको नेतृत्वमा आज चार साना दलले संयुक्त मोर्चा घोषणा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य किरण नेतृत्वसहितका चार दलले संयुक्त मोर्चा घोषणा गर्ने भएका छन् ।

सरकारको क्रियाकलापविरुद्ध खबरदारी गर्न विप्लव सहित, मोहन वैद्य किरण (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम गर्दै मोर्चा घोषणा गर्न लागेका हुन् ।

बिहीबार अपराह्न १२ बजे प्रज्ञा भवन कमलादीमा घोषणासभा मार्फत सरकारको असंवैधानिक कदमविरुद्ध साझा रुपमा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमात्र नभई वर्तमान संसदीय व्यवस्था प्रणाली नै असफल हुन लागेकाले अबको विकल्प संघीय जनगणतन्त्र स्थापना नै रहेको घोषणा पत्रमा उल्लेख रहेको जनाइएको छ ।

संसद पुनःस्थापना, ताजा जनादेशका लागि चुनाव, राजतन्त्रको आगमन यी तीन वटैले देशलाई निकास नदिने निष्कर्ष चार दलको ठहर रहेको छ । विदेशी शक्तिको आडमा ओली सरकारले संसद् विघटन गरेको भन्दै चार साना कम्युनिस्ट पार्टीहरुले देशको रक्षाका निमित्त सार्वजनिक घोषणा पत्र सार्वजनिक गर्न लागेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।