काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामबहुमारी झाँक्रीलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई उनका समर्थकहरुले अवरोध गरेका छन् ।
बिहीबार बिहान पक्राउ गर्न उनको निवास शंखमुल पुगेको अपराध महाशाखाको टोलीलाई कार्यकर्ताहरुले अवरोध गरेका हुन् । नेकपाका कार्यकर्ताहरुले प्रहरीलाई गेटबाट छिर्न दिएका छैनन् ।
नेकपाका कार्यकर्ताहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । उनीहरुले ‘रामबुमारी झाँक्री हाइहाइ, केपी विद्या बाइबाइ’ जस्ता नारा लगाइरहेका छन् ।
अहिले ठूलो संख्यामा प्रहरी परिचलान गरिएको छ । उनले राजनीतिक मुद्दा भएकाले पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन् ।




प्रतिक्रिया