रामकुमारी झाक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

रामकुमारी झाक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमै पुगेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी झाक्रीलाई प्रहरीले सोधपुछका लागि बिहान १० बजे बोलाएको थियो । तर उनी नआएपछि महानगरी अपराध महाशाखाको सादा पोसाकका प्रहरी टोली अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका हो ।

उनीहरुले अहिले झाक्रीको घर घेराऊ गरेर राखेको छ । झाक्रीले केहि दिनअघि गोरखा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएकी थिइन् ।

उनले एक कार्यक्रममार्फत भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए सिधै बालकोट नै गए पनि हुन्छ ।’

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि कार्यालय बोलाएको जानकारी दिए । झाँक्री उपस्थित नभएमा पक्राउ गर्ने तयारी गरिएको उनले बताए ।