काठमाण्डु – प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ ।
अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनको निवास शंखमुलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न नदिन ठूलो संख्यामा कार्यकर्ताहरु उनको निवास पुगेका थिए । उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राज्यविरुद्धको कसुर दफा ५८ अनुसार झाँक्री पक्राउ परेकी हुन् ।
झाक्रीले केहि दिनअघि गोरखा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अमर्यादित अभिव्यक्ति दिएकी थिइन् ।
उनले एक कार्यक्रममार्फत भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए सिधै बालकोट नै गए पनि हुन्छ ।’





प्रतिक्रिया