रामकुमारीले भनिन्ः यो राजनीतिक मुद्धा हो, म प्रहरीकोमा जाँदिन, प्रक्राउ पुर्जी लिएर आउनुस्

रामकुमारीले भनिन्ः यो राजनीतिक मुद्धा हो, म प्रहरीकोमा जाँदिन, प्रक्राउ पुर्जी लिएर आउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाक्रीले आफुलाई सोधपुछका लागि प्रहरीले बोलाएको पुष्टि गरेकी छन् ।

उनले निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै एसएसपी दीपक थापाले आफुलाई सोधपुछका लागि बोलाएको बताएकी हुन् । उनले प्रहरीले आफुलाई बोलाएपनि यो राजनीतिक मुद्दा भएकाले आफू प्रहरी कार्यालयमा नजाने अडान लिएकी छन् ।

‘यो राजनीतिक मुद्दा हो, कानूनी मुद्दा होइन, हामी सडकमै छौं भनें,’ उनले भनिन्, ‘राज्यले चाह्यो भने नागरिकलाई नियन्त्रणमा लिनसक्छ । विनाकारण पनि २४ घण्टा नियन्त्रणमा राख्न सक्छ, म आउँदिन । आवश्यक परे पक्राउ पूर्जी जारी गर्नुस्, आउनुस् ।’

उनले आफू प्रहरी कार्यालयमा नजाने बताउँदै पक्राउ पूर्जी जारी गरेर आउन चुनौती पनि दिइन् । साथै प्रहरीको विरोधमा रामकुमारीको निवासमा नाराबाजी भइरहेको छ । सो प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारी घाइते भएका छन् ।