काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीको आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले बुधबारदेखि आफूहरुले झाँक्रीलाई पक्राउ नगर्न प्रहरीलाई आग्रह गरेपनि प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरिएको बताए ।
उनले पक्राउ परेकी नेतृ झाँक्री चाँडै जेलबाट छुट्ने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले सरकारले लोकतन्त्रमाथि ताला लगाउने काम गरेको बताए ।
‘कमरेड रामकुमारीलाई प्रहरीले हिजोबाटै पक्राउ गर्ने तयारी गरेको थियो । राष्ट्रपतिविरुद्ध बोल्यो भन्ने विषयमा प्रधानमन्त्रीको ठाडो आदेशमा पक्राउ गरियो’, उनले भने । हामीले हिजादेखि रोक्न बल गर्यौं तर, आज पक्राउ गरेका छन् । उहाँ छिट्टै छुटि हाल्नुहोला । उनीहरुले कहाँ प्रहार गर्न खोजेको छ त्यो त देखियो नी ।’




प्रतिक्रिया