काठमाण्डु – सरकारले कोरोना भाइरस (कोभिड–१९) पीसीआर परीक्षणको शुल्क घटाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितीमा हिजो बुधबार बसेको सीपीसीको बैठकले पीसीआर परीक्षण मूल्य घटाएर १००० तोकेको हो ।
मन्त्रालयले एक सूचना जारी गर्दै सम्पूर्ण सरकारी अस्पतालमा कोभिड–१९ परीक्षण गर्दा एक हजार रुपैयाँ मात्र शुल्क लाग्ने जानकरी दिएको हो ।
साथै मन्त्रालयले अब सरकारी अस्पतालमा मात्रै कोरभिड– १९ को उपचार गर्ने जनाएको छ ।




प्रतिक्रिया