काठमाण्डु – पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई भेट्न नेताहरु नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई महानगरीय प्रहरी अपराध महाशाखामा पुगेका छन् ।
प्रहरीले बिहीबार दिउँसो पक्राउ गरी महाशाखा लगेपछि नेता श्रेष्ठ र भट्टराई उनलाई भेट्न बानेश्वर पुगेका हुन् ।नेताहरु श्रेष्ठ र भट्टराईले नेतृ झाँक्रीको पक्राउको विषयमा अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग छलफल समेत गरेका छन् ।
केहि दिनअघि गोरखा पुगेर झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली विरुद्ध अमर्यादित सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।
सोही विषयमा झाँक्रीलाई सोधपुछका लागि प्रहरीले कार्यालय बोलाएको थियो । तर झाँक्री उपस्थित नभएपछि महाशाखाको टोलीले उनलाई आफ्नै निवासबाट पक्राउ गरेको थियो ।




प्रतिक्रिया