छुटेका स्वास्थ्यकर्मी, पत्रकार लगायतलाई सरकारले फागुन २ देखि ८ गतेसम्म कोरोना खोप लगाउने

छुटेका स्वास्थ्यकर्मी, पत्रकार लगायतलाई सरकारले फागुन २ देखि ८ गतेसम्म कोरोना खोप लगाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारको खोप अभियानमार्फत पहिलो चरण र दोस्रो चरणमा लगाउन छुटेकाहरुलाई फागुनको पहिलो हप्ता कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसअघि खोप लगाउन छुटेका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयमसेवक, पत्रकार, लगायत छुटेका फ्रन्टलाइनरलाई पुन फागुन २ गतेदेखि ८ गतेसम्म खाेप लगाउने जानकारी दिएको हो ।

मन्त्रालयका प्राध्यापक डा जागेश्वर गौतमले तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गई छुटेका सबैलाई खोप लगाउन अआग्रह गरेका छन् । साथै उनले खोप लगाउन जाँदा आ–आफ्नो कार्यालयको परिचयपत्र अनिवार्य साथमा लिएर जान आग्रह गरेका छन् ।