प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै ओली समूहमा फर्किए पूर्वमन्त्री तामाङ दम्पती

प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै ओली समूहमा फर्किए पूर्वमन्त्री तामाङ दम्पती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ दम्पती ओली समूहमा फर्किएका छन् ।

दुई महिनाअघि प्रधानमन्त्री केपी ओली पक्षबाट प्रचण्ड–नेपाल समूहतर्फ लागेका नेता तामाङ र उनकी पत्नी प्रदेश १ की सांसद उषाकला राई ओली समूहमै फर्किएका हुन् ।

पुष्पकमल दाहाल प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै आफुहरु दुवैजना ओली समूहमै फर्किएको उषाकलाले बताइन् ।

‘माओवादीको दृष्टिकोणअनुसार व्यवस्थापन हुने देखिएन । त्यसैले ओली पक्षमै फर्कने निर्णय गरेँ, उनले भनिन्, ‘कुनै पदको प्रलोभनमा परेर ओली पक्षमा आएको होइन । अब धेरै पूर्वएमालेका साथीहरू मुल पार्टीमै फर्किनुहुन्छ ।’

नेकपा दुई समूहमा विभाजित भएपछि तामाङ दम्पती प्रचण्ड–नेपाल समूहमा लागेका थिए ।