यसरी मनाइयो काठमाण्डुमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस (तस्वीरसहित)

यसरी मनाइयो काठमाण्डुमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस (तस्वीरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न १८ ओटा नागरिक समाजका संघसंस्थाहरुले १४ औं अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाएका छन् ।

शनिबार परेको अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा बिहान ८ देखि ९ बजे सम्म माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर उनिहरुले दिवस मनाएका हुन् ।

संघियता, लोकतन्त्र, समानुपातिक (समाबेशिता धर्म निरपेक्षतामा हाम्रो प्रतिबद्धता, आत्मासम्मान, मानव अधिकार र सामाजिक न्याय सुनिश्चितता भन्ने मुल नाराका साथ मनाइएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका लक्षित समुदायको सहभागीता रहेको थियोे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले नागरिकलाई सामाजिक न्यायको प्रत्याभूत दिलाउन नसकेको गुनासो गरेका थिए । माइतीघर मण्डलामा आयोजित कार्यक्रमको सहजिकरण फान नेपालका महासचिव खगेन्द्र ओलीले गरेका थिए ।

छुवाछूत विरुद्धको बिश्व संजालका अध्यक्ष सिताराम घले, युथ एडभोकेसीका अध्यक्ष नरेन्द्र खतिवडा, महिला अधिकारकर्मी बिजया केसी, सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौला तेस्रो लिङ्ग अधिकारकर्मी मनोरञ्जन बैद्द, र अपांग अधिकारकर्मीको तर्फबाट बिनु थापाले सामाजिक न्यायको लागि राज्य गम्भीर बन्नुपर्ने तर्फ सचेत बनाएका थिए ।

१० गते सम्बन्धित विषयमा कार्यपत्र सहित संवाद तथा छलफल र ११ गते उक्त संवाद तथा छलफलको निष्कर्ष सहित प्रधानमन्त्री कार्यालय अन्तर्गत सामाजिक विकास शाखा,विषयगत मन्त्रालय,विभिन्न संबैधानिक निकाय तथा अन्य सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

आज शान्तिपूर्ण प्रदर्शन गरेको उक्त टिमले फागुन १० गते सोमबार बिहान ११ बजेदेखि दिउँसो साडे १ बजे सम्म नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डपमा अन्तरसंवाद कार्यक्रम गर्दै छ । कार्यक्रमको कार्यपत्र विश्व भक्त दुलाल (आहुति) ले प्रस्तुत गर्ने छन् । अन्य सामाजिक संघ संस्था र नागरिक समाजलाई उक्त कार्यक्रममा सहभागीताको लागि आयोजक संस्थाले अनुरोध समेत गरेको छ ।

फ्रीडम फर अल नेपाल(फान), सोच नेपाल युथ एड्भोकेसी नेपाल, छुवाछूत विरुद्धको बिश्व संजाल, एड्भोकेसी फोरम, निलहरा समाज,अपाङ्गता महिला संघ नेपाल, ग्लोबल पिस फाउन्डेसन, महिला सुरक्षा दबाब समूह, मुस्लिम महिला कल्याण समाज,आडवान नेपाल,डानर नेपाल कोक्याप नेपाल, हुमन राईट फिलिम सेन्टर, युथ एक्सन नेपाल ,साइन नेपाल,हर नेपाल अपाङ्गता संगठन नेपाल लागाएत १८ वटा संस्थाहरु को संयुक्त सहकार्यमा न्याय दिवस मनाइएको हो ।