काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै आपत्ति जताएका हुन् । उनले भनेका छन्, ‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ ।’
केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दुराशययुक्त समाचार आएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
साथै यस्ता भ्रामक समाचारमा विश्वास नगर्न उनले अनुरोध पनि गरेका छन् । संसद् विघटनपछि नेकपा दुई धारमा विभाजित भएको छ । तर उनी भने कुनै समूहमा खुलेका छैनन् ।




प्रतिक्रिया