काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्ड–नेपाल समूहले विराटनगरमा कालो झण्डा देखाएको छ ।
आफ्नो समूहको आमसभाको लागि प्रदेश नम्बर १ को राजधानी विराटनगर पगेका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुले कालो झण्डा देखाएको हो ।
केपी ओली मुर्दाबाद भन्दै कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।




प्रतिक्रिया