चुनाव वैशाखमै हुन्छ, सबै तयार भएर बसौँ: उपप्रधानमन्त्री पोखरेल

चुनाव वैशाखमै हुन्छ, सबै तयार भएर बसौँ: उपप्रधानमन्त्री पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाण्डु महानगरपालिका–५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गरे ।

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, ‘चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ ।’

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो । काठमाण्डु निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गरेका थिए ।

सो अवसरमा उनले मन्दिर पुनःनिर्माण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताए । स्थानीयको करीब १६ लाख सहयोग उपलब्ध भएको उनले जानकारी दिए ।

कार्यक्रममा काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताए । संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उनको भनाइ थियो ।