काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आफु नेतृत्वको जनसभालाई सम्बोधन गर्न बिराटनगर पुगेका छन् ।
बिराटनगरमा आयोजीत ओली समूहको शक्ती प्रदर्शनमा नेकपाका नेता सुबास नेम्वाङले केहि विशेष कुरा खुलासा गरेका छन् ।
नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले आजको विराटनगरको सभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्त्वपूर्ण घोषणा गर्न लागेको बताएका छन् ।
विराटनगरमा आयोजित ओली समूहको विशाल जनसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्री ओलीले केही महत्त्वपूर्ण सूचना सुनाउने बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यू विराटनगर आउनुभयो, हामी सबै स्वागत गर्न विमानस्थल गयौं । सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउ झै अनुहार थियो तर हामीले भनिहाल्नुभएन,’ उनले भने, ‘यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ । कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छ झै लागेको छ । के सूचना सुनाउनुहुन्छ भनेर पर्खिरहेको छु ।’
यसअघि शनिबार आज बिहानै प्रधानमन्त्री ओलीको विश्वासपात्र एवं पूर्वमन्त्री गोकुप्रसाद बाँस्कोटाले पनि ‘आज पक्कै केही नयाँ हुन्छ’ भन्दै ट्वीट गरेका थिए ।
नेता नेम्वाङले जनताले वैशाख १७ र २७ गतेको निर्वाचन अनुमोदन गरिसकेका दाबी गरे । ‘निर्वाचनमा जाने भनेर जनताले फैसला गरिसके । सम्मानित सर्वाेच्च अदालतको फैसला हामी कुरिरहेका छौं,’ उनले भने ।
उनले सर्वोच्च अदालतको फैसला फागुन १५ गतेभित्र आइसक्ने बताए ।




प्रतिक्रिया