मलाई प्रचण्डजीको माया लाग्न थाल्यो, उहाँलाई अब झाक्रीले पनि बचाउन सक्दैनः प्रधानमन्त्री ओली

मलाई प्रचण्डजीको माया लाग्न थाल्यो, उहाँलाई अब झाक्रीले पनि बचाउन सक्दैनः प्रधानमन्त्री ओली

'प्रचण्डजीलाई मैले एउटा ठूलै सिङजुरो हाल्दिएँ, पछि मलाई नै सिध्याउँछु भन्न थाल्नु भो'

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब काँध हाल्न नसकिने टिप्पणी गरेका छन् ।

शनिबार आफ्नो नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने बताएका हुन् ।

उनले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको दावी गर्दै प्रचण्डको कडा आलोचना गरे ।

उनले भने, ‘सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ । अलिकति सिङ हाल्दिएँ । पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो । अब प्रचण्डलाई काँध हाल्न सकिन्न । राम भन्न मात्र सक्छौँ । उहाँ खिँइदै खिँइदै गएर सकिन लाग्नुभएको छ ।’

प्रचण्ड खिइएर सकिन लागेको प्रधानमन्त्रीको तर्क थियो । प्रधानमन्त्री ओलीले अब प्रचण्डलाई झाँक्रीले पनि बचाउन नसक्ने टिप्पणी गरे ।

‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ । पहिले उहाँसँग वैद्य थिए, उनले छाडे । त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे । अहिले झाँक्री लिनुभएको छ । अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन,’ उनले भने ।