प्रधानमन्त्री ओलीको साइबर सेना बनेर खटिने युवा संघको निर्णय

प्रधानमन्त्री ओलीको साइबर सेना बनेर खटिने युवा संघको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको राष्ट्रिय युवा संघ प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने भएको छ ।

युवा संघको माघ २५ र २६ गते बसेको बैठकले प्रधानमन्त्रीको साइबर सेना बनेर खटिने निर्णय गरेको हो ।

साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने अध्यक्ष बचनबहादुर सिंहले जानकारी दिए ।

आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र नेकपाबारे जनतालाई भ्रमित पार्ने काम भइरहेको भन्दै अध्यक्ष सिंहले यसलाई नियन्त्रण गर्न साइबर सेना परिचालित हुने बताए ।

उनले आगामी चैतभित्रै ओलीको पक्षका पाँच लाख बर्दी बिनाको सेना निर्माण हुने बताए ।

‘साइबर सेनाले हतियार बोक्ने छैनन्, तर बुद्धिको प्रयोग गर्नेछ । आगामी चैत्रभित्र पाँच लाख सेना निर्माण गर्छौं । यसबाट आत्तिनेहरुले हामीलाई साइबर स्याल भनिरहेका छन् । तर हामी विवेकपूर्ण ढंगले परिचालित हुनेछौं’, उनले भने ।