सांसद बने राज्यको सेवा सुविधा नलिने उम्मेदवार प्रकाशसिंह कार्कीको घोषणा

सांसद बने राज्यको सेवा सुविधा नलिने उम्मेदवार प्रकाशसिंह कार्कीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिंह कार्कीले आफू विजयी भएमा कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन्।

 

 

 

 

नेपाली कांग्रेसबाट प्रदेश सभा ‘क’ का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन्।

 

 

 

उनी व्यवसायी हुन्। सांसद बनेर आफ्नो लागि केही कमाउ भन्ने सोच नभएको उनले बताए।

 

 

 

आफूलाई पुग्ने सम्पत्ति आर्जन भइसकेको भन्दै कार्कीले भने, ‘मेरो जीवनयापनका लागि यसै सहज छ तर बाँकी समय राजनीतिबाट जनताको सेवामा समर्पण गर्नेछु।’

 

 

सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने उनले बताए।