नेपालका लागि नयाँ जापानी राजदूत नियुक्त

नेपालका लागि नयाँ जापानी राजदूत नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि नयाँ जापानी राजदूत नियुक्त भएका छन् । जापान सरकारले नेपालका लागि जापानी राजदूत मासामिची साइगोको कार्यकाल सकिएपछि किकुता युताकालाई नयाँ जापानी राजदूतमा नियुक्त गरेको हो ।

युताकाले यसअघि नाइजेरियामा राजदूत पद सम्हालिसकेका छन् । उनले भारतमा रहेको जापानी दूतावासमा उपनियोग प्रमुखको कार्यभारसमेत सम्हालिसकेका छन् ।

जापानको फुकुसिमा प्रिफेक्चरमा जन्मिएका ५९ वर्षीय युताका सन् १९८४ मा परराष्ट्र मन्त्रालयमा नियुक्त भएका थिए ।