समाजवादका जगमा पार्टी अघि बढाउनुपर्नेमा जोड: नेता प्रदीप पौड्याल

समाजवादका जगमा पार्टी अघि बढाउनुपर्नेमा जोड: नेता प्रदीप पौड्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौड्यालले काँग्रेस अब नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका छन् ।

सदरमुकाम फिदिममा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “ महामहानव बिपी कोइरालाले घरमा एउटा गाई होस, सानो घर होस् भनेर २०१५ सालमा भनेको समाज अहिले छैन ।अहिले समाजका मुद्दा फेरिसकेका छन त्यसैले अहिले फेरिएको नेपाली समाजअनुसार काँग्रेस अघि बढ्न आवश्यक छ ।”

अब काँग्रेसले समाजवादका जगमा पार्टीको मुद्दा र सांगठिनक स्वरुपलाई अघि बढाउनुपर्ने आवश्यकता उनले औँल्याए । काँग्रेसलाई जनताको घरघर र टोलटोलमा पु¥याउने तथा संगठन सृदृढीकरण एवं आधुनिकीकरण गर्न सके मात्रै पार्टी अघि बढ्न सक्ने उनले बताए ।