काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देभभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भू भागमा आंशिक बदली रहि अन्य भू -भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू -भागमा आंशिक बदली रहि अन्य भू -भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार देशका पहाडी भू -भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी भू -भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू -भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया