प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक

प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको स्थायी कमिटी बैठक बेलाएका छन् ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बिहान ११ बजे बैठक बोलाएका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् ।

मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो । सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँगै प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

योसँगै ओलीसँग पदबाट राजीनामा दिने वा संसदमा बहुमत सावित गर्ने दुई विकल्प छन् । तर संसदमा ओली पक्षको बहुमत पुग्दैन । यद्यपि ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रतिक्रिया सार्वजनिक गरेका छन् ।