प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक, के होला प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव ?

प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक, के होला प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ ।

बैठक दिउँसो ४ बजेका लागि बोलाइएको सांसद तथा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकराी दिए ।

उनले सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको छ ।संसदीय दलको बैठकअघि प्रचण्ड–नेपाल समूहले दिउँसो १२ बजे काठमाण्डुको शान्तिवाटिकामा विजय जुलुस गर्दैछ ।

उक्त जुलुसमा केन्द्रीय तहका नेताहरू पनि सहभागी हुनेछन् । यसअघि प्रचण्ड–नेपाल समूहले आजै बिहान ८ बजे देशभर विजय जुलुस निकालेको थियो ।

यसैबीच अर्को समूहका अध्यक्ष केपी शर्मा ओलीले पनि आज आफ्नो पक्षको स्थायी कमिटी बैठक बोलाएका छन् ।