नेप्सेको सिस्टममा समस्या, निफ्राको शेयर मूल्य शुन्यमा झर्‍यो

नेप्सेको सिस्टममा समस्या, निफ्राको शेयर मूल्य शुन्यमा झर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधवार कारोबार सूचक नेप्सेको सिस्टममा समस्या देखिएको छ । कारोबार २० मिनेटदेखि नेप्सेको सिस्टममा समस्या देखिएको हो ।

सोही समस्याका कारण नेप्सेको वेबसाइटमा सार्वजनिक तथ्याङ्क विश्वसनीय देखिएको छैन । नेप्सेको वेबसाइटमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शेयरमूल्य शतप्रतिशत घटेर शून्य कायम भएको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ८८ दशमलव २४ अंकले घटेर ९८.२७ बिन्दुमा देखिएको छ । प्राविधिक समस्या समाधानको लागि प्रयासरत रहेको नेप्सेले बताएको छ ।