उपराष्ट्रपतिलाई उपत्यकाबाहिर जान बन्देज छैन्ः सचिवालय

उपराष्ट्रपतिलाई उपत्यकाबाहिर जान बन्देज छैन्ः सचिवालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपराष्ट्रपति नन्दबहादुर पुनलाई काठमाण्डु उपत्यकाबाहिर जान बन्देज लगाएको विषयमा उनको सचिवालयले खण्डन गरेको छ ।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उपराष्ट्रपतिलाई उपत्यका बाहिर जान बन्देज लगाएकोभन्ने  विषयमा आपत्ति जनाएका हुन् ।

विभिन्न सञ्चारमाध्यमहरुमा उपराष्ट्रपतिलाई ‘उपत्यका बाहिर जान बन्देज’ विषयमा समाचार प्रकाशित भएका थिए ।

‘यस समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारिन्छ ।दलित पत्रकार संघको बुटवलमा हुन लागेको राष्ट्रिय महाधिवेशन उद्घाटनमा आमन्त्रण आएको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन फैसलाको क्रममा रहेकोले सम्भावित परिस्थितिलाई ध्यानमा राखेर सो कार्यक्रममा उपस्थित हुन नसक्ने भनी नीजि सचिवालयको तर्फबाट आयोजकलाई जानकारी गराइएको स्पष्ट पारिन्छ’, विज्ञप्तिमा भनिएको छ ।