काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले फागुन २२/२३ गतेभित्र संसद बैठक बोलाउने तयारी भएको बताएका छन् ।
शुक्रबार आफूनिकट नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाअनुसार नै संसद बैठक बोलाउने बताएका छन् । अदालतले १३ दिनभित्र बैठक बाेलाउन सरकारका नाममा आदेश दिएको थियो ।
नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । उनले प्रचण्ड–नेपाल समूह लगायत अन्य पार्टीले आफूलाई हटाउने प्रयत्न गरे प्रतिवाद गर्ने पनि बताए ।
प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सांसद भट्टराईले भने, ‘फागुन २३ भित्र संसद बैठक बाेलाउँछाैं । बैठक बसेपछि जसले हटाउन खोजेको हो उहाँहरु कुन रणनीति अनुसार प्रस्तुत हुनुहुन्छ हामी त्यही अुनसार प्रतिवाद गरिन्छ ।’
त्यस्तै प्रधानमन्त्री आलीले पार्टीभित्र विवाद रहेकाले त्यसलाई समाधान गरेर अगाडि बढ्ने बताएका छन् । नेकपा संसदीय दलका नेता ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेर भट्टराईलाई नियुक्त गरेका छन् ।




प्रतिक्रिया