फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद्को वैठकले राष्ट्रपति विद्या भण्डारी समक्ष संसद बैठक बोलाउन सिफारिस गरेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश अनुसार फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको हो ।

संसद पुनःस्थापनापछि पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले संसद बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

गत मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको संसद विघटनको विपक्षमा फैसला गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

सोहीअनुसार छलफल गर्न प्रधानमन्त्री अ‍ोली बिहीबार साँझ शीतल निवास पुगेका थिए । राष्ट्रपतिसँगको परामर्शपछि प्रधानमन्त्री अ‍ोलीले मन्त्रिपरिषद्को बैठक बोलाएर संसद बैठक आह्वान गर्न सिफारिस गरेको हो ।