राजीनामा माग्नेलाई प्रधानमन्त्रीको प्रश्नः अदालतले मलाई राजीनामा देऊ भनेकाे छ र ?

राजीनामा माग्नेलाई प्रधानमन्त्रीको प्रश्नः अदालतले मलाई राजीनामा देऊ भनेकाे छ र ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूले राजीनामा नदिने स्पष्ट पारेका छन् । हिमालय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड–माधव नेपाल समूहलगायत अन्य नेताहरुले माग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन् । नैतिकताका आधारमा राजीनामा दिन दबाब छ नि ? भन्ने पत्रकारकाे  प्रश्नमा उनले मेरो नैतिकता के भयो ? भन्दै प्रश्न गरेका छन् ।

‘मेरो नैतिकता के भयो ? मैले मेजोरिटी लुज गरें ? कसरी संवैधानिक घात भयो ? अदालतले के मा हरायो ? के अदालतले यस्तो अवस्थामा मलाई राजीनामा देऊ भनेकाे छ र ? मैले राजीनामा गर्ने हो भने अदालतको फैसलाले अस्थीरता निम्त्यिाएको देखिन्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले आफूले संसद विघटन गरेर चुनावको अवस्थामा गएको भए देशले निकास पाउने बताएका छन् । उनले आफूले विश्वासको मत लिने र विश्वासको मतमा हराएर देखाउन पनि प्रचण्ड–नेपाल समूहलाई चुनौती दिएका छन् ।

‘म राजीनामा पत्र लेख्दिनँ । मैले लेख्नुपर्ने अवस्था होइन छैन् । मैले अरु पनि बाटो समाउन सक्छु । आवश्यक परे विश्वासको मत लिन सक्छु । मलाई विश्वासको मतमा हराउनुपर्‍यो नि !’, उनले भने ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, विवेकशील साझा, नागरिक समाजलगायतले प्रधानमन्त्री अ‍ोलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीले गत पुस ५ गते संसद विघटन गरेका थिए । सर्वोच्च अदालतले गत फागुन ११ गते संसद पुनःस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्रीमाथि राजीनामा दिन दबाब बढेको हो ।

तर, प्रधानमन्त्री अ‍ोलीले आफूले राजीनामा नदिने बरु संसदमा फेस गर्न तयार भएकाले राजीनामा नदिने अडान लिएका छन् । सरकारले फागुन २३ गतेका लागि संसद बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।