अझैपनि रवीन्द्रजी मसँगै हुनुहुन्छ भन्ने लाग्छ : विद्या भट्टराई

अझैपनि रवीन्द्रजी मसँगै हुनुहुन्छ भन्ने लाग्छ : विद्या भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – प्रतिनिधि सभा सांसद विद्या भट्टराईले श्रीमानलाई विदाई गर्न नपाएको कुराले आफुलाई अहिलेसम्म पिरोल्ने गरेको बताएकी छन् ।

शनिबार पोखरा रवीन्द्र स्मृति प्रतिष्ठानले १८ ग्यार्जट शहीद स्मारकमा रहेको स्वर्गीय रवीन्द्र अधिकारीको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरेको थियो ।

सोही कार्यक्रममा उपस्थित भएकी सांसदसमेत रहेकी विद्याले सधै आफुले श्रीमानलाई बाहिर जाने बेला बिदाई गर्ने गरेको र दुर्घटना भएको दिन बिदाइ गर्न नपाएको कुराले अहिलेसम्म पिरोल्ने गरेको बताइन् ।

उनले भनिन्, ‘अरुबेला रवीन्द्र घरबाट कुनै काम विशेषले बाहिर निस्किंदा सधैं शुभयात्रा भन्थें बिदाइ गर्थें । तर, त्यो दिन शुभयात्रा भन्न पाइनँ, जानेबेला उहाँको अन्तिम अनुहार पनि हेर्न पाइनँ ।’

रवीन्द्र अधिकारी अब हामीमाझ छैनन् । तर, विद्या भट्टराईलाई त्यस्तो लाग्दैन । उनी अहिले पनि भ्रममा बाँचिरहेकी छिन् । श्रीमान् बितेको दुई वर्ष भइसक्दा पनि उनलाई लागिरह्यो– रवीन्द्रजी मैसँग छन् भनेर भ्रममा रहें । तर, वास्तवमा म त एक्लै पो छु ।’

उनले भनिन्, ‘उहाँले पहिले बोलेका कुरा सुन्दा पनि साथमै हुनुहुन्छ भन्ने लाग्छ । तर, यस्तो दिनमा रियालिटी यही हो भनेर मान्नुपर्छ । यतिबेला मलाई असाध्यै पीडा हुन्छ ।’

दुई वर्षअघि विमानस्थल निर्माणबारे अध्ययन गर्न ताप्लेजुङ पुगेका मन्त्री अधिकारी हेलिप्टरमाार्फत् नै त्यहाँको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर पुगेको थिए । हुस्सु र कुहिरोले ढाकिएको आकाश र हिमपात सुरू भएपछि उनको टोली काठमाण्डु फर्कन हेलिकप्टर चढेको थियो । हेलिकप्टर उडेको केही समयमै ताप्लेजुङकै तारेढुङ्गा भिरमा गएर हेलिकप्टर ठोक्कियो ।

उक्त अप्रत्याशित दुर्घटनामा परेर मन्त्री अधिकारी, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, यति एयरलायन्सका अध्यक्ष आङछिरिङ शेर्पा, हेलिकप्टर पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरेले ज्यान गुमाएका थिए ।

पोखराबाट उठेर राजनीतिमा प्रभावशाली बन्दै गएका मन्त्री रवीन्द्र सवार हेलिकप्टर दुर्घटनाको त्यो खबरले देश स्तब्ध भयो, उनका गृहनगर पोखरा नहुने कुरै भएन । मन्त्री रवीन्द्र यसरी दुर्घटनामा पर्लान् भनेर कसैले सोचेकै थिएनन् । रवीन्द्रका परिवार भने अझै पनि स्तब्ध नै छन् । उनका परिवारले अहिले पनि