काठमाडाै – प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्केको ३३ दिनमै भारतीय समकक्षी नरेन्द्र मोदी नेपाल आए। ओली भ्रमणकै निरन्तरता मानिएको मोदीको नेपाल भ्रमणमा पनि दक्षिणी छिमेकीका कारण नेपालले सामना गर्नुपरेका पीडा फेरि एकपल्ट उजागर भएका खबर आजको नेपाल साप्ताहिकले छापेको छ।
नेपाल र भारतीय प्रधानमन्त्री वार्ताले द्विपक्षीय पेचिला मुद्दाको समाधान भने निष्प्रभावी देखिएका छन्। ०७२ को संविधान निर्माणमा भारतले गरेको हस्पतक्षेप र त्यसपछि लगाएको नाकाबन्दीप्रति भारतको संस्थापन पक्षले अझै गल्ती स्वीकार गरेको छैन।
मोदीले पनि नेपाल भ्रमणमा त्यसवारे एक शव्द पनि उल्लेख गरेनन्। भारतका मिडिया, बौद्धिक समुदाय र नेपालप्रति सद्भाव राख्ने समूहले भने भारतीय नाकाबन्दी र नेपालको आन्तरिक मामिलामा उसले गरेको हस्तक्षेपको कडा आलोचना गर्दै आएका छन्।




प्रतिक्रिया