प्रचण्ड–माधव नेपाललाई गृहमन्त्रीको आग्रहः आत्मआलोचनासहित सच्चिएर आउनूस्

प्रचण्ड–माधव नेपाललाई गृहमन्त्रीको आग्रहः आत्मआलोचनासहित सच्चिएर आउनूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्ड–माधव नेपाललाई आत्मआलोचनासहित सच्चिएर आउन आग्रह गरेका छन् ।

सोमबार पोखरामा भएको कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले सच्चिएर मूल पार्टीमा आउन प्रचण्ड–नेपाललाई आग्रह गरेका छन् । उनले भदौ २६ गतेको निर्णयमा फर्किन पनि प्रचण्ड–नेपाल पक्षलाई आग्रह गरेका छन् ।

गृहमन्त्री बादलले प्रचण्ड–नेपाल पक्षलाई भदौ २६ गतेको स्थायी कमिटी बैठकले एकता र रुपान्तरणको पक्षमा गरेको निर्णयमा फर्किन आग्रह गरेका हुन् । उनले अविश्वासको प्रस्ताव फिर्ता लिएर आए एकता गर्न सकिने बताएका छन् ।

‘नयाँ अवसर प्रदान गरेको छ । उनीहरलाई सच्याएर अगाडि बढ्ने अन्तिम अवसर पनि हो । उहाँहरु अविश्वासको प्रस्ताव अगाडि बढाउने र सरकारलाई अपदस्त गर्न खोज्नु भएको त्यसलाई गल्ती ठानेर अविश्वासको प्रस्ताव फिर्ता गरेर उहाँहरुलाई एकताबद्ध गर्ने अवसर आएको छ । तपाईहरुलाई सच्चिने अन्तिम अवसर पनि हो’, उनले भने, ‘तपाईहरु सच्चिनूस् । गलत बाटोमा हिँड्नुभएको छ । त्यहाँबाट अब तपाईहरु घुम्नुस्, फर्किनुस् । आत्मआलोचनासहित भदौ २६ गतेको निर्णयमा फर्किनूस् । स्थायी कमिटीको बैठकले एकता र रुपान्तरणको पक्षमा गरेको निर्णयमा फर्किन आग्रह छ ।’

उनले सर्वोच्च अदालतको निर्णय देशको पक्षमा नदेखिएको बताएका छन् । गृहमन्त्री बादलले अदालतको निर्णयले शक्ति पृथकीकरण रहेको देखाएपनि अदालतको निर्णयले अस्थिरताको निर्माण गरेको बताए । । उनले नेताकार्यकर्तालाई राष्ट्रवाद वा विरोध कता लाग्ने कित्ता प्रस्ट पार्न आग्रह गरेका छन् । गृहमन्त्री बादलले अहिले नेपाली जनताहरु एकता, समृद्धि चाहेपनि पार्टीकै केही नेताहरु फुटको पक्षमा उभिएको बताए ।

‘पूर्व कमरेडहरुको भनाइ, र जसरी कम्फर्टेबल सरकारको बारेमा कुरा आएको छ, त्यसैले देखाउँछ अहिलेको अवस्थाको कारण पार्टीको अध्यक्षलाई नेतृत्वबाट हटाउनुपर्छ, कारबाही गर्नुपर्छ भन्दै फुटमा लागे,’ उनले भने, ‘एकथरी कमरेडले आरोपपत्र निकाले, त्यो भनेको नेतृत्व हत्याउने हो, फुटको विचारलाई अघि बढाउनु हो,’ उनले भने, ‘हामी एकताको पक्षमा छौं, एकताले मात्र समृद्धिको दिशामा लान सक्छौं ।’