काठमाण्डु – सानिमा बैंक लिमिटेडले काठमाण्डुको कीर्तिपूर (पाङ्गा दोबाटो) मा बैंककाे कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरे ।
समुद्घाटन् समारोहमा मह जोडीले कीर्तिपूरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरे ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।




प्रतिक्रिया