काठमाण्डु – नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा सूर्य चिन्ह र नेकपा नामको पार्टी प्रयोग गर्न पाउने अधिकार नभएको बताएका छन् ।
सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय ककर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै नेपालले सो बताएका हुन् ।
‘सूर्य चिन्ह र नेकपा नामको पार्टी प्रयोग गर्न पाउने अधिकार ओलीमा छैन,’ उनले भने, ‘ओलीको दम्भीपन र अपमान गर्ने प्रवृत्ति बढ्दै गएपछि कम्युनिस्ट संस्कार पनि देखिएन, अब पूर्व एमाले पनि व्युँतिन सक्दैन ।’
उनले केपी ओलीलाई सुधार्न अनेकौ प्रयास गर्दा पनि सफल हुन नसकेको उल्लेख गर्दै ओली सुध्रनु र बालुवा पेलेर तेल निकाल्न खोज्नु उस्तैउस्तै भएको टिप्पणी गरे ।
ओली प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेपछि पार्टी सत्ता र राज्यसत्ताको दुरुपयोग गर्न लागि परेको भन्दै ओलीको अहंकारी प्रवृत्तिकै कारण वर्तमान अवस्थामा संकट आएको बताए ।
उनले सिंगो समाज ओलीप्रति आलोचक भएर सुझाव दिँदा पनि ओली समझदारीमा नआएको बताए ।




प्रतिक्रिया