काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले केही दिनभित्र आफुहरुलाई सूर्य चिह्न दिने दाबी गरेका छन् ।
सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रममा नपर्ने आग्रह गर्दै आफूहरुले नै सूर्य चिन्ह र पार्टीका नाम पाउने बताए ।
‘निर्वाचन आयोगले पनि दल र कानुन अनुसार निर्णय गर्छ । अब सूर्य हामीले पाइसक्यौं । घोषणा हुन मात्र बाँकी छ’, प्रचण्डले भने, ‘केही साथीहरु भ्रममा हुनुहुन्छ भने आउनुस् तपाईंहरु निन्द्राबाट ब्युँझिएर आउनुस् । आधिकारिक पार्टी यही हुन्छ आउनुस् । सर्वोच्चले जनताको पक्षमै आउँछ भनेको थिएँ । मैले सेटिङ गरेर भनेको थिइनँ । अहिले संविधानले जितेको छ ।’
उनले सर्वोच्चको फैसलापछि केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा एकछिन पनि बस्न लायक नभएको भन्दै ओली पतन नहुँदासम्म केही नछोड्ने पात्रका रुपमा देखिएको बताए ।
‘आफ्नो प्रस्ताव खारेज भएपछि राजीनामा दिनुपर्नेमा हामी झन बलियो भयौँ भनेको सुनिन्छ । यस्तो पनि हुन्छ कहीँ ? राजीनामा दिनु त कता हो कता ? उल्टै उहाँ आफै पार्टी सदस्य पनि हुनुहुन्न कारवाही गर्दै हिँड्नुहुन्छ’ प्रचण्डले भने ।




प्रतिक्रिया