बुधबार तपाईंको भाग्य कस्तो रहला ?

बुधबार तपाईंको भाग्य कस्तो रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वि.सं.२०७७ साल फाल्गुण १९ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च ०३ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा शुभचिन्तकहरुलेनै तपार्ईँलाई फसाउन सक्छन् ख्याल गर्नुहोला । अध्ययनमा ध्यान केन्द्रित नहुँदा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ ।  माया प्रेममा अबिश्वास बढ्ने तथा जीवनसाथीसँग मनमुटाब बढ्ने हुँदा कामहरु प्रभावित हुनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूती हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाइलो लाग्नेछ ।   प्रेममा सामान्य खटपट हुने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । वित्तिय क्षेत्रसँग सम्बन्धी पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपूर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथा स्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पती तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घरपरिवार तथा आफन्त जनसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामिप्यता बढ्नेछ भने पती पत्नी बिचको सम्वन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् ।  मायाप्रेममा विश्वासको वातावरण झन कसिलो भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  व्यापार व्यावसाय फस्टाएर जानेछ भने पछी सम्म आम्दानी भइरहने व्यावसायमा लगानी गरी रोजगारीको अवसरहरू सिर्जना गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ।  पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।