काठमाण्डु – राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा लगायत उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार उनीहरुलाई कार्यालयमा पुगेर खोप लगाइने तयारी गरिएको छ । सांसदहरुले भने बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर आजबाटै यो खोप लगाउन सुरु गरेका छन् ।
त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, सभामुख अग्नि सापकोटा लगायतले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा डोज खोप आजै लगाइसकेका छन् ।
फागुन २३ गते प्रतिनिधि सभा बैठक बस्ने भएकाले त्यसअगावै कोरोनाविरुद्धको खोप लगाउन संसद सचिवालयले प्रबन्ध मिलाएको हो ।




प्रतिक्रिया