काठमाण्डु – नेपाली कांग्रेसले काठमाण्डु उपत्यका नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
संसदीय दलका मुख्यसचेतक बालकृष्ण खाँडले फोन गरेर सबै सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन दिएको एक सांसदले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते संसद बैठक आह्वान गरेकी छन् । संसदमा आफ्नो उपस्थिति संख्या बढाउन सांसदहरुलाई निर्देशन दिइएको ती सांसदको भनाई छ ।
‘फागुन २३ गते बस्ने संसद बैठक र नेकपाभित्रको झगडा संसदमा पनि प्रत्यक्ष रुपमा देखिने भएका कारणले उपत्यका नछोड्न संसदीय दलका मुख्यसचेतकले नै फोन गरेर निर्देशन दिनुभएको छ’, कांग्रेसका एक सांसदले भने ।




प्रतिक्रिया