काठमाण्डु – कैलालीका महिला अधिकारकर्मीले लैङ्गिक संवेदनशीलता हेर्ने छुट्टै कार्यालयको माग गर्दै सरकारका विभिन्न निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।
अधिकारकर्मी गोमा आचार्यलगायतले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीमार्फत राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति, राष्ट्रिय महिला आयोग र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई ज्ञापनपत्र पठाएका हुन् ।
संविधानले प्रदत्त गरेका न्याय सम्बन्धी, महिला र बालबालिका तथा सामाजिक न्याय सम्बन्धी हक कार्यान्वयनका लागि छुट्टै निकाय आवश्यक रहेको महिला अधिकारकर्मीले बताएका छन् । पीडितको संरक्षण, सुरक्षा र सहयोगका लागि लैङ्गिक संवेदनशीलताको विषय हेर्ने छुट्टै निकाय आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया