प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु, संसदीय दलको नेता परिवर्तन गर्ने

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु, संसदीय दलको नेता परिवर्तन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको नेता फेर्ने भएको छ ।

बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी भएको हो ।

केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको थियो ।