सहपाठीको मृत्यु भएपछि विद्यार्थीद्वारा जावलाखेलमा सडक अवरुद्ध

सहपाठीको मृत्यु भएपछि विद्यार्थीद्वारा जावलाखेलमा सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोषीलाई कारबाहीको माग गर्दै कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले जावलाखेलमा सडक अवरुद्ध पारेका छन् ।

आज बिहानै जिपको ठक्करले सहपाठी अञ्जु दाहालको मृत्यु भएपछि दोषीलाई कारबाही गर्नुपर्नेे माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

बुधबार बिहान ५ बजे क्याम्पस जाने क्रममा स्नातक पहिलो वर्षमा अध्ययनरत १९ वर्षीया दाहाललाई नक्खुदोबाटोमा स१ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको थियो ।

ठक्कर दिएपछि जिपले ‘ब्याक’ गरेर मारेको विद्यार्थीहरुले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जिप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

जिप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।