हतियारधारी भारतीय एकपछि अर्को किन छिर्दैछन् नेपाल ?

हतियारधारी भारतीय एकपछि अर्को किन छिर्दैछन् नेपाल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित १५ गते राजधानीमा दुई भारतीय पक्राउ परेको भोलिपल्टै पोखराबाट पनि तीन जना भारतीय नै पक्राउ परे । पोखरामा पक्राउ परेका उनीहरू भारतमा हत्या, अपहरण र असुलीमा विभिन्न मुद्दा खेपिरहेका व्यक्ति भएको प्रहरीको भनाइ छ ।

 

 

 

राजधानीको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको ज्याक डेनिस डान्स बारमा गोली चलाएपछि भारत लुधियानाका जसवीर सिंह र देवेन्द्र सिंह पक्राउ परेका थिए । प्रहरीले उनीहरूबाट अटोमेटेड पेस्तोल, ५१ थान ७ दशमलव ६५ एमएमको गोली र ७५ हजार भारु बरामद गरेको थियो ।

 

 

 

 

स्रोतका अनुसार पोखराबाट पक्राउ परेका भारतीयविरुद्ध भारतको राजस्थान प्रहरीमा थुप्रै मुद्दा छन् । राजस्थान प्रहरीकै सूचनाका आधारमा उनीहरू पोखराबाट पक्राउ परेका थिए । काठमाडौंबाट पक्राउ परेका दुई भारतीय भने कुन उद्देश्यले त्यत्ति धेरै गोलीसहित नेपाल छिरेका थिए भन्नेबारे प्रहरीले खुलासा गरेको छैन ।

 

 

 

 

 

चुनावका बेला हतियारसहित र हतियाररहित भारतीय अपराधी धमाधम पक्राउको घटनाले सुरक्षा निकायको नेतृत्व तहलाई नै गम्भीर बनाइदिएको छ । नेपाल प्रहरीको प्रतिआतंकवाद सेलमा कार्यरत एक अधिकारीका अनुसार चुनावी सुरक्षाका निम्ति यो नयां चुनौती हुन सक्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।