सुवास नेम्वाङ स्थायी समितिबाट निलम्बित, दलको उपनेताबाट राजीनामा दिन निर्देशन

सुवास नेम्वाङ स्थायी समितिबाट निलम्बित, दलको उपनेताबाट राजीनामा दिन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको उपनेताबाट राजीनामा दिन सुवासचन्द्र नेम्वाङलाई निर्देशन दिएको छ ।

बुधबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन दिएको हो ।

बैठकले तीन दिनभित्र राजीनामा दिन निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । त्यस्तै बैठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट पनि निलम्बन गरेको छ ।

साथै प्रचण्ड नेपाल समूहले संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लगेको छ । केन्द्रीय कमिटीको बैठक पेरिसडाँडामा जारी छ ।