काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ९ जना नेतालाई कारबाही गरेको छ ।
प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउँदै सुवासचन्द्र नेम्वाङलाई उपनेताबाट तीन दिनभित्र राजीनामा दिन निर्देशन दिइएको छ । त्यस्तै शान्ता चौधरीलाई सचेतकबाट हटाइएको छ ।
प्रचण्ड–नेपाल समूहको आज बसेको केन्द्रीय कमिटी बैठकले नेताहरू विशाल भट्टराई, महेश बस्नेत, प्रभु शाह, निरुदेवी पाल, शान्ता चौधरी, सूर्य थापा र कर्णबहादुर थापालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको हो । प्रचण्ड–नेपाल समूहले उनीहरुले पार्टीकाे नीतिविपरत काम गरेकाे आरोप लगाएको छ ।




प्रतिक्रिया