काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री हुने अवसर पाए जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् ।
चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्रीका लागि आफुले मरिनमेट्ने तर अवसर आए पछि नहट्ने बताएका हुन् ।
‘कांग्रेसलाई पदको लोभ छैन, हामीले मागेका पनि छैनौं । तर टाउकोमा आयो भने जिम्मवारीबाट भाग्ने पनि छैन,’ उनले भने ।
आफूले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ ।




प्रतिक्रिया