काठमाण्डु – भारतले ललितपुर र सिन्धुपाल्चोक जिल्लाका तीन वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माणका लागि २४६ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाण्डुस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा समेत हस्ताक्षर भएको छ ।
सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरुमा ललितपुर स्थित जेष्ठ वर्ण महाविहार, सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा रहेका छन् ।
इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनस्र्थापनाका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्ने भारतीय दूतावासले जनाएको छ ।
२०७२ सालको विनाशकारी भुकम्पले क्षती पुर्याएका यी तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत २४.६ करोड को लागतमा हुनेछ ।
भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि कूल ५० मिलियन अमेरिकी डलर (नेरु ५ अर्ब ८० करोड) सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।
भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजना मध्ये ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ




प्रतिक्रिया